कैदीबन्दी मृत्यु प्रकरण : कारागारकाे निरीक्षण गर्न पुगेका सुरक्षा अधिकारीलाई कैदीबन्दीले घटनास्थलमा छिर्न दिएनन्
धनगढी । कैलाली जिल्ला कारागारमा कैदीबन्दीबीच झडप भएपछि घटनाको विवरण बुझ्न गएका सुरक्षा निकायका प्रमुखहरुलाई कैदीबन्दीहरुले घटनास्थलमा जानबाट रोकेका छन् ।
कारागार प्रशासनसम्म पुगेको टोली घटनास्थल निरीक्षक नगरी फर्किएको छ । १५० कैदीबन्दी क्षमता भएको कारागारमा हाल ७०० जना बन्दी छन् ।
केही दिन पहिले पनि विवाद भएपछि बिहीबार प्रमुख जिल्ला अधिकारी गोगन हमालले समस्या समाधान गरेको बताएका थिए । तर शुक्रबार नै १ जनाको मृत्यु र ४७ जना घाइते हुनेगरी झडप भयो ।
कारागारमा २२ गते झडप भएकाे थियाे । जसमा ५ जना घाइते भए । तीमध्ये अहिले पनि एक जना अस्पतालमै छन् । सुरक्षा अधिकारीहरुले त्यसपछि मेलमिलाप गराए । तर त्यसको भोलिपल्टै फेरि १ को मृत्यु ४७ घाइते हुनेगरी अर्को झडप भयो ।
२४ साउन २०८२, शनिवार १०:४३ बजे प्रकाशित













