बडीमालिकाको दर्शन गरेर फर्किनेक्रममा भिरबाट लडेर दुईजनाको मृत्यु
बाजुरा । बडीमालिकाको दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा दुईजना तीर्थयात्रीको मृत्यु भएको छ ।
त्रिवेणी नगरपालिका–९ पर्ने विष्णुपानी नजिकै शुक्रबार दिउँसो भिरबाट लडेर बर्दियाको ठाकुरबाबा नगरपालिका–४ का ७५ वर्षीय डिल्लीराज घोडासैनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । उनका अनुसार भिरबाट लडेर घाइते भएका उनको साँझ मृत्यु भएको हो ।
सोही ठाउँमा बिहीबार राति काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ का ५२ वर्षीय विप्लव ओझाको मृत्यु भएको थियो ।
२४ साउन २०८२, शनिवार ००:३६ बजे प्रकाशित













