punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेल्धुरामा विषालु च्याउ खाएका वृद्धको मृत्यु

Chaupati
safha napa

धनगढी। डडेलधुराको आलीताल गाउँपालिका–१ फिन्नेगडा मेलखर्कका ७० वर्षीय देवबहादुर बोहराको विषालु च्याउ खाँदा मृत्यु भएको छ । साउन ७ गते साँझ आफ्नै खेतबारीमा उम्रेको विषालु च्याउ खाएर बिरामी परेका उनलाई आफन्तले दुई दिनपछि मात्र अस्पताल पु(याएका थिए । शरीरमा विष फैलिएका कारण उनी गम्भीर अवस्थामा पुगेका थिए ।

अवस्था जटिल भएपछि साउन ९ गते उनलाई डडेलधुरा अस्पताल ल्याइएको थियो । अस्पतालको आईसियुमा राखेर उपचार गरिए पनि उनको अवस्था सुधार हुन सकेन ।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक धनी चन्दका अनुसार बोहराको मंगलबार साँझ उपचारका क्रममा मृत्यु भएको हो । वर्षायाम सुरु भएपछि खेतबारी तथा डाँडापाखामा उम्रने जंगली च्याउ पहिचान नगरी खाने क्रममा यस्तो घटना हुने गरेका कारण प्रहरीले सर्वसाधारणलाई जंगली च्याउ नखान र सतर्क रहन आग्रह गरेको छ ।


१४ साउन २०८२, बुधवार १३:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु