punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हुलाकी सडक प्रकरणमा ठेकेदारलाई कारबाही गर्न नेता बिष्टको माग

Chaupati
safha napa

काठमाडौं। संविधान सभा सदस्य, सुदूरपश्चिम प्रदेश विधायन तथा प्रदेश मामिला समिती सभापति ,कांग्रेसका नेता दिवानसिंह बिष्टले कञ्चनपुरको हुलाकी सडक निर्माणमा भइरहेको लापरवाहीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै ठेकेदार कम्पनीमाथि कारबाहीको माग गरेका छन्।

सोमबार काठमाडौंस्थित नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा भेट गर्दै बिष्टले कञ्चनपुर क्षेत्र नं. १ को समग्र विकासमा प्राथमिकता दिन आग्रह गरेका हुन्। उनले विशेषगरी हुलाकी सडक निर्माणमा भएको अत्यधिक ढिलाइ, गुणस्तरहीन कार्यप्रणाली, र जनताले भोग्दै आएको सास्तीको विषयमा सभापति देउवाको ध्यानाकर्षण गराएका थिए।

“हुलाकी सडक जनताको जीवनसँग प्रत्यक्ष जोडिएको विकास आयोजना हो। समयमै काम सम्पन्न नहुनु, गुणस्तरमा खेलवाड हुनु आमजनतामाथिको धोखा हो,” बिष्टले बताएका थिए।

जवाफमा सभापति देउवाले स्थानीय विकासमा कांग्रेसले सधैं प्राथमिकता दिने बताएका छन्। उनले सम्बन्धित पक्षहरूसँग समन्वय गरेर निर्माण सम्पन्न गर्ने सम्पन्न गर्न पहल गर्ने बताएका हुन। स्थानीयबासीहरू पटकपटक सडक निर्माणको ढिलासुस्ती र लापरवाहीबारे आवाज उठाउँदै आएका छन्।

तर ठोस कदम चालिन नसक्दा अहिले पनि सडक अधुरो अवस्थामा छ। कञ्चनपुरमा ६२ किलोमिटर हुलाकी सडक निर्माणमा निर्माण कम्पनीको बेवास्ताका कारण ठेक्काको धेरै पटक थपिएको म्याद सकिन लाग्दा पनि सडक पूरा हुन सकेको छैन्। ३० महिनामा सक्नुपर्ने हुलाकी सडकको निर्माण कञ्चनपुरमा ८ वर्ष बितिसक्दा समेत सडक कालोपत्रे गर्न बाकी रहेको छ्। कञ्चनपुरको डोके बजारदेखि बेदकोटको दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक २०७३ फागुनमा सम्झौता भएको थियो।


१३ साउन २०८२, मंगलवार १२:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु