punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बीपीको आदर्शलाई आत्मसात् गरेर सरकारले सेवा दिइरहेको छ

Chaupati
safha napa

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बीपी कोइरालाको आदर्शलाई आत्मसात् गरेर प्रदेश सरकारले सुशासन, सामाजिक न्याय र नागरिक केन्द्रित सेवा प्रवाह गरिरहेको बताउनुभएको छ ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा सन्देश दिदैं उहाँले यस्तो बताउनुभएको हो । मुख्यमन्त्रीले बीपीको मार्गदर्शनलाई आत्मसात गर्दै प्रदेशको समृद्धि, शान्ति र समानताको यात्रालाई अगाडि बढाउने अठोट व्यक्त गर्नुभएको छ ।

बीपीको विचार र दर्शन आज पनि नेपालको लाकतान्त्रिक यात्राको मेरुदण्ड जस्तै बनिरहेको मुख्यमन्त्री शाहको भनाइ छ । उहाँले बीपीले व्यक्तिको स्वतन्त्रता, प्रेस स्वतन्त्रता, बहुलवाद र न्यायपूर्ण समाज निर्माणको पक्षमा आफ्नो जीवन समर्पित गरेको चर्चा गर्नुभयो ।

बीपीको सपना साकार पार्न सबै तह र वर्ग एकताबद्ध हुन आवश्यक रहेको शाहले बताउनुभएको छ ।

 


६ साउन २०८२, मंगलवार १८:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु