punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढी गाउँ–जुगेडा जोड्ने सडक कालोपत्रे

Chaupati
safha napa

धनगढी। धनगढी गाउँ–जुगेडा जोड्ने सडकको एउटा खण्ड कालोपत्रे गरिएको छ।

धनगढी गाउँस्थित हरिशङ्कर काँटादेखि पूर्वतिर ५५० मिटरमा कालोपत्रे गरिएको हो। बहुवर्षीय आयोजनाको रूपमा पहिलो प्याकेजअन्तर्गत यो खण्डमा कालोपत्रेका लागि गत वर्ष ठेक्का सम्झौता गरिएको थियो। ठेक्का भएको खण्डमा कालोपत्रेको काम पूरा भएको पूर्वाधार विकास कार्यालयले जानकारी दिएको छ।

हिजोमात्रै कालोपत्रेको काम सकिएको सूचना अधिकारी इन्जिनियर विनोद खड्काले बताए। उनले थप दुई सय मिटरमा कालोपत्रेका लागि प्रक्रिया अगाडि बढाइएको बताए। सडक कालोपत्रेका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले बजेटको व्यवस्था गरेको थियो।

छ दशमलव तीन किलोमिटर लामो धनगढी गाउँ–जुगेडा सडक लामो समयदेखि जीर्ण अवस्थामा रहेको छ। कृषि सडकको रूपमा परिचित यो सडकको अवस्था बिग्रेपछि वडा नम्बर ८, ९, १० र १२ का स्थानीयले ओहोरदोहोरमा समस्या भोग्दै आएका छन्।


२९ वैशाख २०८२, सोमवार १४:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु