punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जनमत–नाउपा एकता टर्दैः सिके राउत मधेशमा व्यस्त, चुपचाप रेशम–रञ्जिता

Chaupati
safha napa

धनगढी । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी नाउपा बीचको एकता अनिश्चित बन्दै गएको छ। वैशाख १७ गते एकता घोषणा तयारी कार्यक्रमस्थलबाटै सर्वोच्च अदालतको गलत सूचनाका आधारमा नाउपाका संरक्षक रेशम चौधरी पक्राउ परेपछि उक्त दिन एकता भाँडिएको थियो।

एकता भाँडिएको आज वैशाख २९ गते १२ दिन बितिसकेको छ। यसबीचमा एकताको तयारी के भयो सार्वजनिक रुपमा कुनै पनि पक्ष जनमत–नाउपाले भनेको छैन। एकताका विषयमा दुवै पक्षका नेताहरू चुपचाप बसिरहेका छन्।

अदालतको पक्राउ गर्नू भन्ने आदेश गलत भएको पुष्टिपछि पक्राउ परेको दिन नै करिब चार घण्टापछि छुटेका रेशम चौधरी पनि यसबीचमा कतै सार्वजनिक कार्यक्रममा देखिएका छैनन्। एकताका लागि मुख्यतस् जोड गर्ने उनी चुपचाप बस्नुले धेरै अर्थ राखेको छ।

जनमत र नाउपालाई एक बनाउन कोही धेरै खटेको थियो भने, उनी नै हुन्। नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको खास्सै मन नहुँदा नहुँदै पनि पार्टी संरक्षक चौधरीले एकता लागि पार्टीभित्र महोल बनाएका थिए।

पक्राउअघि एकतामा उत्सुक देखिएका उनी अहिले एकएक मौन भइँदिदा अब पार्टी एकता नहुने हो कि भन्ने सञ्चार पार्टीभित्र हुन थालेको छ। ‘एकता गर्न कि नगर्ने भन्ने अन्योल भएको छ’, नाउपाका जिल्लाका एक पदाधिकारीले भने।

पार्टी एकता भाँडिएपछि नाउपाका संरक्षक रेशम र पार्टी अध्यक्ष रञ्जिता चुपचाप छन्। उनीहरू सामाजिक सञ्जालतिर पनि देखिएका छैनन्। रञ्जिताले भने एक्लोपन भएको भन्दै कविता लेखेकी छन्।


२९ वैशाख २०८२, सोमवार १४:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु