punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मुख्यमन्त्री शाहद्वारा प्रदेशको शान्ति सुरक्षाबारे छलफल

Chaupati
safha napa

धनगढी। दुई शक्तिशाली राष्ट्र भारत र पाकिस्तानबिच तनाव बढेको बेला सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार प्रदेशको समग्र सुरक्षा अवस्थाबारे छलफल गर्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्रीले प्रदेशको समग्र सुरक्षाको अवस्थासहित समसामयिक विषयमा छलफल गर्नुभएको हो । उहाँले सीमा क्षेत्रमा हुने अपराधिक क्रियाकलाप निस्तेज पार्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । यसैगरी, सीमा क्षेत्रमा आवागमनलाई सहज बनाउनु पर्ने मुख्यमन्त्रीको जोड थियो ।

सीमा क्षेत्रमा हुने लागु औषध, चोरीलगायतका आपराधिक घटना नियन्त्रणमा कडाइ गरेको सुरक्षा निकायको तर्फबाट छलफलमा जानकारी गराइएको थियो । यसैगरी, लागु औषध प्रयोगकर्ताभन्दा पनि लागु औषधको कारोबारीलाई पक्राउ गर्न सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको सुरक्षा निकायले जनाएका छन् ।

छलफल प्रदेश सरकारका मन्त्री, प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डम्मरबहादुर विक, सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रदीकुमार पाल, राष्ट्रिय अनुसन्धानका सुदूरपश्चिम प्रदेश निर्देशक बालनरसिंह राणासहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखको उपस्थिति रहेको थियो ।


२६ वैशाख २०८२, शुक्रवार १२:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु