punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतका २४ विमानस्थलहरू नागरिक सेवाका लागि बन्द

Chaupati
safha napa

काठमाडौँ। भारतका पञ्जाब, जम्मू कश्मीर, लद्दाख, गुजरात, राजस्थान र हिमाचल प्रदेशका २४ विमानस्थलहरू नागरिक सेवाका लागि बन्द गरिएका छन् ।

नागरिक उड्डयन सुरक्षा ब्यूरो (बीसीएएस) ले देशभरका सबै एयरलाइन्स र विमानस्थलहरूलाई सुरक्षा उपायहरू बढाउन निर्देशन दिएको हो।

निर्देशन अनुसार, सबै विमानस्थलहरूमा सबै यात्रुहरूको सेकेन्डरी ल्याडर पोइन्ट चेकिङ (एसएलपीसी) गरिनेछ। टर्मिनल भवनमा आगन्तुकहरूको प्रवेश निषेध गरिएको छ। त्यस्तै एयर मार्सलहरू पनि तैनाथ गरिने भनिएको छ।

एयर इन्डियाले बीसीएएसलाई उद्धृत गर्दै अब घरेलु यात्रुहरूले तीन घण्टा अगाडि विमानस्थल पुग्नुपर्नेछ र चेक-इन ७५ मिनेट अगाडि बन्द हुने सामाजिक सञ्जाल एक्समा जानकारी दिएको छ ।


२६ वैशाख २०८२, शुक्रवार १०:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु