punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अछामकी १२ वर्षीया बलात्कृत बालिकाले जन्माइन् छोरी

Chaupati
safha napa

अछाम। भारतमा बलात्कारको शिकार भएकी अछामको चौरपाटी गाउँपालिकाकाकी १२ वर्षीया बालिकाले छोरीलाई जन्म दिएकी छिन्।

गत असारमा मामा नाता पर्नेबाट १२ वर्षीया बालिका भारतको सुरतमा बलात्कृत भएकी थिइन्।

तर, उनी बलात्कृत भएको घटना गत फागुन महिनामा २५ सातामाथिको गर्भ रहेको भेटिएपछि बाहिरिएको थियो। ती बालिकाले २९ चैत गते सेती प्रादेशिक अस्पताल धनगढीमा छोरीलाई जन्म दिएकी हुन्।

भारतबाट केही महिना अघि घर फर्किएका अभिभावकले छोरीको पेट ठूलो देखेपछि गत फागुन २ गते बयालपाटा अस्पतालमा जाँच गर्न लगेका थिए। सोही क्रममा उनको भेटमा २५ सातामाथिको गर्भ रहेको पत्ता लागेको थियो।

अभिभावकलाई बयालपाटा अस्पताल र जिल्ला अस्पताल अछामले २५ सातामाथिको गर्भपतन गराउन नसक्ने बताएपछि बालिकालाई एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) कैलालीले हेर्ने गरी सुरक्षित आवास गृहमा राखिएको थियो।

बलात्कारका आरोपित भने अहिलेसम्म फरार अवस्थामा रहेका छन्। झण्डै ५० वर्षीय आरोपित विरुद्ध अछाम प्रहरीमा जबरजस्ती करणी मुद्धा दर्ता छ।

तर प्रहरीमा जाहेरी दिएको दुई महिना बित्दा पनि अरोपित पक्राउ परेका छैनन्। उजुरी दिएको दुई महिना बितिसक्दा पनि आरोपित पक्राउ नपरेकाले आफन्तले न्याय पाउने आस मार्दै गएका छन्।

यता जिल्ला प्रहरी कार्यालय अछाम भने आरोपित पक्राउ गर्न इन्टरपोलमार्फत प्रक्रिया अगाडि बढाइएको बताउँछ । तर अहिलेसम्म रेड नोटिस बारे जानकारी आएको छैन।

 

 


५ वैशाख २०८२, शुक्रवार ११:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु