punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुला बहुमुखीमा नेविसंघ र गोकुलेश्वरमा अनेरास्ववियु विजयी

Chaupati
safha napa

धनगढी। दार्चुला सदरमुकाम खलङ्गामा रहेको दार्चुला बहुमुखी क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी सङ्घका प्रकाश बडू र गोकुलेश्वर बहुमुखी क्याम्पसको सभापतिमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका सुनिल डाँगा विजयी भएका छन्।

दार्चुला बहुमुखी क्याम्पसमा नेविसंघका बडूले २२२ मत प्राप्त गरी विजयी भए। बडूका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका खडकसिंह ठगुन्नाले १९१ मत प्राप्त गरे। ठगुन्ना ३१ मतले पराजित भए। सभापतिमा स्वतन्त्र उम्मेदवार अनिलचन्द्र जोशीले २० मत मात्रै प्राप्त गरेका छन्।

नेविसंघ र अखिल क्रान्तिकारीको गठबन्धनबाट बडू प्यानलसहित विजयी भएका थिए। यस्तै दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका सुनिल डाँगा विजयी भएका छन्। डाँगाले १०५ मत प्राप्त गर्दै विजयी हुँदा नेविसंघ र अखिल क्रान्तिकारीको गठबन्धनका साझा उम्मेदवार नेविसंघका नरेश विष्टले १०२ मत प्राप्त गरे। ३ मतले नेविसंघले हार बेहोर्नु परेको थियो।

जिल्ला सदरमुकाम खलङ्गामा रहेको दार्चुला बहुमुखी क्याम्पसमा ४८५ मतदाता छन् भने गोकुलेश्वर बहुमुखी क्याम्पसमा २६४ मतदाता छन्।


२८ चैत २०८१, बिहीवार १०:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु