punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

“स्वाभिमान सुदूरपश्चिम” को प्रथम बैठक सम्पन्न, जोशीको संयोजकत्वमा समिति गठन

Chaupati
safha napa

कञ्चनपुर। “स्वाभिमान सुदूरपश्चिम” अभियानको कञ्चनपुरमा पहिलो बैठक सम्पन्न भएको छ। शनिबार कञ्चनपुरमा सम्पन्न भएको बैठकले अभियानलाई स्थानीयस्तरमा सशक्त रूपमा अगाडि बढाउने उद्देश्यका साथ समितिहरू गठन गरेको छ।

बैठकले कंचनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीको संयोजकत्वमा ९ सदस्यीय मूल समिति गठन गरेको छ। साथै, लिलाध्वज बस्नेतको संयोजकत्वमा सल्लाहकार समिति पनि गठन गरेको छ, जसले अभियानलाई मार्गदर्शन र सुझाव प्रदान गर्नेछ।

पिताम्बर जोशीले आगामी दिनमा अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै सुदूरपश्चिमको पहिचान, आत्मसम्मान र विकासको पक्षमा जिम्मेवारीपूर्वक काम गर्ने बताए।

“स्वाभिमान सुदूरपश्चिम” अभियान सुदूरपश्चिमका हक–अधिकार, सम्भावना र पहिचानको संरक्षणका लागि संचालन भएको संयोजक जोशीले बताए ।


२३ चैत २०८१, शनिवार २१:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु