punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ज्ञानेन्द्र संबैधानिक राजा बन्न लायक छैनन् : सभापति देउबा

Chaupati
safha napa

काठमाडौं। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक नभएको बताएका छन्।

आइतबार पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक नभएको बताउँदै हुन पनि नसक्ने दावी गरे।

राजाको पछि लागेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि पछि पछुताउने बताए । सभापति देउवाले पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी सभापति बनाए हुन्छ नि भन्दै टिप्पणी समेत गरे।

‘पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न  लायक छैनन्।  राप्रपाले पार्टी सभापति बनाए हुन्छ, ‘उनले भने, ‘राजनीति गर्ने भए पार्टी खोले भइहाल्यो। तर, यो पार्टीमा लाग्नेले धेरै दु:ख पाउँछन्। पछि राप्रपा पनि पछुताउँछ। दु:ख पनि पाउँछ।’


१० चैत २०८१, आइतवार १५:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु