ऐश्वर्य बहुमुखी क्याम्पसमा नेविसंघको अग्रता कायमै, विकास र दिपेन्द्रको टक्कर
धनगढी । ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेपाली कांग्रेस निकट नेविसंघको अग्रता कायमै रहेको छ ।
मतगणनाको सुरूवातदेखि अग्रता लिइरहेका सभापतिका उम्मेदवार दिपक भट्टले पछिल्लो परिणाम अनुसार ४०५ ल्याएर अग्रस्थानमा छन् ।
अहिलेसम्म ११०४ मत गणना भइसकेको हो । एमाले निकट अनेरास्ववियुका दिपेन्द्र भट्टले ३३३ मत प्राप्त गर्दा अखिल क्रान्तिकारीका विकास बिष्टले पनि समान ३३३ मत ल्याएका छन् ।
अब २९९ गणना हुन बाँकी छ । मंगलबार भएको स्ववियु एक हजार ४०३ मत खसेको थियो ।
६ चैत २०८१, बुधवार ०७:३९ बजे प्रकाशित













