punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अछाममा बहु–विवाह गरेर फरार रहेकी तुलसी पक्राउ

Chaupati
safha napa

धनगढी। अछाममा बहु–बिवाह मुद्दाकी फरार महिला पक्राउ परेकी छन्।
जिल्लाको तुर्माखाँद गाउँपालिका–४ चिसि बस्ने २४ वर्षीया तुलसी बुढालाई सोमवार प्रहरीले पक्राउ गरेको हो। बहु–विवाह मुद्दामा जिल्ला अदालत अछामको फैसलाले १ वर्ष ४ महिना कैद सजाय र १३ हजार ३३३ जरिबाना तोकिएकी तर फरार रहेकी बुढालाई प्रहरी चौकी तुर्माखाँदबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। पक्राउ परेकी बुढालाइ जिल्ला अदालत अछाममा बुझाइ कारागार चलान गरिने प्रहरीले जनाएको छ।


५ चैत २०८१, मंगलवार १३:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु