punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज देशका यी ठाउँमा पानी पर्ने

Chaupati
safha napa

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित पानी पर्ने छ ।

‘आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थान र बाँकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा वर्षाको सम्भावना रहेको छ’, महाशाखाको बुलेटिनमा उल्लेख छ। पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले वर्षा हुने जनाइएको छ।

प्रि–मनसुनी गतिविधि पनि सक्रिय भएकाले अबका दिनमा मेघगर्जन चट्याङसहित अपराह्नतिर वर्षा हुने र रातिको समयमा मौसम सामान्यतया सफा रहनेछ।

हिजो साँझ काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा पानी परेको थियो । कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा भएको थियो । गण्डकी प्रदेशमा वर्षा गराउने मौसमी प्रणाली विकसित भई कोशी प्रदेश भएर बाहिरिएकाले आज राति पानी पर्ने सम्भावना नरहेको महाशाखाले उल्लेख गरेको छ ।

विगत चार दिनदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा मौसम बदली रहेको थियो । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडानसमेत सामान्य प्रभावित भएको थियो ।


२९ फागुन २०८१, बिहीवार ०७:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु