punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदुरपश्चिम सरकारको स्वार्थ नमिलेपछि पर्यटन महोत्सव आयोजक समिति नै खारेज

Chaupati
safha napa

धनगढी। सुदुरपश्चिम प्रदेश सरकारको स्वार्थ नमिलेपछि आफैले सम्झौता गरेको सुदुरपश्चिम पर्यटन महोत्सवको विपक्षमा उभिएको महोत्सव आयोजक समितिले आरोप लगाएको छ। आइतबार महोत्सव मुल आयोजक समितिले धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारलाई उक्त आरोप लगाएको हो।

समितिले जारी गरेको प्रेस बिज्ञप्ती अनुसार प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाई मार्फत प्रदेश पर्यटन महोत्सव २०८१ आयोजना गर्नकालागि चालु आर्थिक बर्षमा ४० लाख बजेट विनियोजन गरिएको थियो ।

महोत्सव आयोजनाका लागी २०८१ माघ ४ गते उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिवको अध्यक्षतामा सुदुरपश्चिमका पर्यटन ब्यवसायीहरु समेतको बैठक बसी केशव दत्त पाण्डेयलाई महोत्सव मुल आयोजक समितिको सयोंजक बनाउने निर्णय गरिएको थियो ।

पर्यटनसंग सरोकार राख्ने बिभिन्न संघसंस्थाको प्रतिनिधित्व हुने गरि १० सदस्यीय सो समिति बनेको थियो । २०८१ चैत ४ गतेदेखि ६ गतेसम्म “सुदुरपश्चिम पर्यटन महोत्सव–२०८१ सञ्चालन गर्ने योजना अनुरूप समितिले विभिन्न तयारी बैठकहरु समेत आयोजना गर्यो । महोत्सव आयोजनाका लागी निजी क्षेत्रले नेपाल पर्यटन बोर्डसँग समेत समन्वय गर्दैFar west Travel mart 2025 लाई संयुक्त रुपमा आयोजना गर्नेगरी नेपाल पर्यटन बोर्डसंग २०८१ माघ ४ गते थप ३० लाख बजेटको सम्झौता समेत भइसकेको थियो ।

तर, २०८१ माघ २७ गते प्रदेश सरकारको अर्थ, विकास तथा प्राकृतिक स्रोत साधन समितिको बैठकले निजी क्षेत्रलाई समारोह समितिबाट बाहिर राखी प्रदेश सभा सदस्यहरूको संलग्नतामा सप्ताहव्यापी मेला आयोजना गर्ने प्रस्ताव अघि सारेको पाइयो । साथै, मुख्यमन्त्रीलाई मूल समारोह समितिको संयोजक बनाउने तथा प्रदेश सभा सदस्यहरुलाई उपसमितिको नेतृत्व गर्नेगरी निर्देशन गरिएको पत्र प्राप्त भयो ।

कोरोना महामारीपछि धराशायी बनेको पर्यटन व्यवसाय केही सुधार हुँदै गएको बर्तमान अवस्थामा प्रदेश सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुको सट्टा यस्ता प्रकारको निर्देशन दिई व्यवसायिलाई उपेक्षा गरि पर्यटन प्रवर्धनमा व्यवसायीहरूको योगदानलाई कमजोर बनाउने गैरजिम्मेवार निर्णयहरू गरिएको पाईयो । यस कदमले निजी क्षेत्रलाई उपेक्षा गर्दै पर्यटन प्रवर्धनमा व्यवसायीहरुको योगदानलाई कमजोर बनाउने स्पष्ट देखिएको बिज्ञप्तीमा उल्लेख छ ।

समितिका संयोजक केशव पाण्डेयले भने “हामी सम्पूर्ण सरोकारवाला व्यवसायीहरुले पर्यटन मन्त्री, पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल र मुख्यमन्त्री कमल बहादुर शाहसंग प्रत्यक्ष भेटगरी “सुदुरपश्चिम पर्यटन महोत्सव–२०८१ सम्बन्धी जानकारी गराई सुझाव समेत लिएका थियौं ।” यसै क्रममा, “सुदुरपश्चिम पर्यटन महोत्सव–२०८१“ लाई लक्षित गर्दै निजी क्षेत्रका व्यवसायीहरु गत मार्च १९–२१,२०२५ मा दिल्लीमा आयोजित SATTE (South Asia’s Travel & Tourism Exchange) कार्यक्रममा सहभागी भई उत्तर प्रदेश, उत्तराखण्ड, तथा दिल्लीका ट्राभल तथा होटल व्यवसायीहरुसंग कार्यक्रमको आयोजना गरि औपचारिक निमन्त्रणा समेत गरिसकेको छौं ।

उनका अनुसार देहरादूनका टुर अपरेटरहरूसँग छलफल सम्पन्न गरी, नैनीताल र रुद्रपुरका व्यवसायीहरूलाई  समेत निमन्त्रणा प्रदान गरिसकिएको छ । यस कार्यक्रममा निजी क्षेत्रका व्यवसायीहरूको आफ्नो व्यक्तिगत खर्च समेत भैसकेको छ । तर, प्रदेश सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गर्नुको सट्टा बिभिन्न बहानामा निरुत्साहित गर्ने तथा व्यवसायीहरूको योगदानलाई कमजोर बनाउने निर्णयहरू लिएको प्रति उनले गम्भीर आपत्तिका साथै घोर भर्सना समेत गरे । साथै प्रदेश सरकारले आयोजना गर्ने पर्यटन महोत्सवमा निजि क्षेत्र सहभागी नहुने उनको भनाई छ ।

प्रदेश सरकारको सचिवले सम्झौता गरिसकेको कार्यक्रममा आफ्नो स्वार्थ पुर्ती नहुने देखिएपछि महोत्सव मुल आयोजक समितिलाई नै खारेज गर्न लगाइएको पर्यटन ब्यवसायीहरुको भनाई छ । आफ्ना कार्यकर्ताले काम नपाउने भएकाले सरकारबाट यो कार्य भएको भन्दै ब्यवसायीहरुले यी र यस्ता गतिबिधिकै कारण सुदुरपश्चिमको पर्यटन क्षेत्र पछि परेको बताएका छन् ।

 


२५ फागुन २०८१, आइतवार १९:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु