punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पूर्वराजालाई चुनाव लडेर राजनितिमा आउन प्रधानमन्त्री ओलीको चेतावनी

Chaupati
safha napa

धनगढी। प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्व राजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर राजनितिमा आउन चुनौती दिएका छन् । आज सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संबिधान अनुसार चुनाव लड्ने अधिकार सबै नेपाली नागरिकलाई भएका कारण नागरिक भएर जनतामाझँ चुनाव लड्न चुनौती दिएका हुन् । ओलीले पुर्व राजाकै कारण अस्थिरता श्रृजना हुन थालेको बताए ।

आइतबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले सुदुरपश्चिम प्रदेशसभालाई सम्बोधन गरे । ओलीले सम्बोधनका क्रममा सुदुरपश्चिमका बिभिन्न बिकासका बिषय उठान गरे । यसै क्रममा बोल्दै ओलीले संबिधान बिपरित गतिबिधि गर्ने छुट कसैलाई नरहेको बताए । पुर्व राजा ज्ञानेन्द्र शाहले देश सक्किनै लाग्यो अब मलाई सहयोग गर्नुस भनेको अर्थ के हो भन्दै ओलीले प्रश्न गरे । संबिधान अनुसार ज्ञानेन्द्र शाह पुर्व राजा भएका कारण त्यही हैसियतमा बस्न उनले चुनौती दिए । एदी राजनितिनै गर्ने मन भए चुनाव लडेर आउन उनले सुझाव दिए । तर बिभिन्न संबिधान बिपरित अभिब्यक्ती दिएर नेपालमा अस्थिरता ननिम्त्याउन ओलीले चेतावनी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क परेको बताएका छन् । आइतबार सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

‘७ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो,’ उनले भने, ‘उहाँले संविधानको कुरा गर्नुहुन्न, कानुनको पनि गर्नुहुन्न, लोकतन्त्र, प्रणाली र प्रक्रियाको पनि कुरा गर्नुहुन्न । मलाई साथ दिनुहोस् म आउँछु देश बचाउँछु भन्नुहुन्छ । देश के भएको छ ?’ पूर्वराजा र उनीबाट परिचालित समूहले गर्दै आएको अराजक क्रियाकलापले देश अप्ठेरोमा परेको प्रधानमन्त्री ओलीको तर्क थियो । ‘लोकतान्त्रिक विधिअनुसार सरकार चलाउनुपर्छ भनेर सिकाउनुको सट्टा उहाँले साथ माग्नु ठीक होइन,’ उनले भने, ‘म उहाँलाई सुझाव दिन चाहन्छु, राजनीतिमा आउने भए स्वागत छ । तर, के कुरामा साथ माग्नुभएको बुझिएन ।’

प्रधानमन्त्री ओलीले अर्थतन्त्र बिग्रिएको स्वीकार गर्दै १÷२ वर्षभित्रै ट्रयाकमा ल्याउने बताए । अर्को प्रसंगमा उनले गेटामा यसै वर्षभित्र शैक्षिक कार्यक्रम सञ्चालन हुने बताए । गेटामा अस्पताल र शैक्षिक कार्यक्रम यसै वर्षदेखि सुरु हुने र त्यसपछि मेडिकल विश्वविद्यालयका रूपमा विकास गर्ने बाटोतर्फ लैजाने उनको भनाई थियो । सुदुरपश्चिम बिभिन्न सम्भावना भएको प्रदेश रहेको बताउँदै ओलीले यहाँको सम्भावना लाई आत्मसात गर्दै बिकासमा प्रदेश सरकार सगं सहकार्य गर्ने बताए । महाकाली करिडोर, सहजपुर बोगटान सडक, धनगढी, दिपायल, उरै भन्ज्याङ सडक लगायतका काम आफ्नै पहलमा बनिरहेको दावी गर्दै ओलीले थप बिकासका लागी लाग्ने बताए । धनगढी रगंशाला सामान्य खेल मैदान रहेको बताउँदै ओलीले यसलाई चाँडै स्तरोन्नती गरी राम्रो रगंशाला बनाइने दावी गरे ।

सुदूरपश्चिम प्रदेशलाई विकसित प्रदेश बनाउन आवश्यक रहेको बताउँदै उनले त्यसका लागि उद्यमशिलताको विकास गर्न आवश्यक रहेको बताए । त्यसले प्रदेशमै रोजगारीका सम्भावना बढाउने उनको दाबी थियो । यस अघी सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी भएका ओली साझँ धनगढी सभा हलको उद्घाटन कार्यक्रममा सहभागी भएर काठमाण्डौँ फर्किएका छन् ।

 


२५ फागुन २०८१, आइतवार २०:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु