नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको अध्यक्षमा नेगी

धनगढी । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको अध्यक्षमा नर बहादुर नेगी निर्वाचित भएका छन । धनगढीमा आज सम्पन्न संघको १६ औं वार्षिक साधारण सभा तथा ८ आठौं अधिवेशनले अध्यक्ष नेगी सहित सम्पुर्ण कार्य समिति निर्बिरोध चयन गरेको छ ।

यसैगरि संघको बरिष्ठ उपाध्यक्षमा निम प्रसाद मिश्र, उपाध्यक्षमा बिबेकानन्द ठाकुर, सचिवमा कृष्ण प्रसाद पण्डित र कोषाध्यक्षमा घनश्याम ओझा निर्बिरोध चयन भएका छन ।

त्यस्तै संघको सदस्यहरुमा बासुदेव रेग्मी, गौबिन्द प्रसाद अवस्थि, अनिल झा, इशु आचार्य र पुष्पा ऐरी निर्वाचित भएको निर्वाचन अधिकृत मोहन भण्डारीले बताए ।

यस अघि निबर्तमान अध्यक्ष भिम पडालको अध्यक्षतामा भएको संघको साधारण सभाको सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री मेघराज खड्काले उद्घाटन गरेका थिए ।

 


१७ फागुन २०८१, शनिवार १९:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु