सुनको मूल्य स्थिर
काठमाडौँ। नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारकै मूल्यमा आइतबार पनि छापावाल सुन कारोबार भएको हो।
महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य शुक्रबारकै मूल्य १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ।
यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ। आइतबार चाँदीको मूल्य १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
१८ फागुन २०८१, आइतवार ११:४९ बजे प्रकाशित













