punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गौरीगंगा फुटबल प्रतियोगिता सुरु, कर्णालीको विजयी सुरुवात

Chaupati
safha napa

धनगढी। कैलालीमा जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ।

गौरीगंगा–११ स्पोर्टस क्लबको आयोजना र सुदूरपश्चिम खेलकुद परिषद्को तत्वाधानमा जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको उद्घाटन खेलमा कर्णाली प्रदेशले जित हात पारेको छ।

आयोजक गौरीगंगा–११ स्पोर्टस क्लबलाई हराउँदै कर्णाली सेमिफाईनल प्रवेश गरेको छ। गौरीगंगा नगरपालिका–८ मा रहेको गौरीगंगा–११ स्पोर्टस क्लबको खेल मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टोलीलाई ३–१ ले हराउँदै कर्णाली अन्तिम चारमा पुगेको हो। पहिलो हाफको अग्रता जोगाउनु नसक्दा आयोजक गौरीगंगा प्रतियोगिताबाट बाहिरिएको हो।

गौरीगंगाको लागि खेलको २२ औँ मिनेटमा सुदीप सुनारले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा खेलमा फर्किदैँ कर्णालीले लगातार ३ गोल गरेपछि सानदार जित सहित सेमिफाईनल यात्रा तय गरेको हो। कर्णालीका लागि खेलको ६३ औं मिनेटमा कर्णालीका लागि विवेक केसीले गोल गर्दै खेल बराबरीमा पुराए। ७७ औं मिनेटमा कर्णालीका लागि नवीन ओलीले गोल गर्दै आफ्नो टीमलाई अग्रता दिलाए। अतिरिक्त समयको २ मिनेटमा कर्णालीका लागि गणेश पुलामीले तेस्रो गोल गर्दै आफ्नो टोलीलाई सानदार जित दिलाए। खेलमा उत्कृष्ट प्रदर्शन गरेका कर्णालीका नवीन ओली म्यान अफ द म्याच भए। उनले पाँच हजार सहित ट्रफी पाए।

प्रतियोगिता अन्त्र्गत भोलीको खेलमा मधेश प्रदेशको प्रतिनिधित्व गरेको नव जनजागृति युवा क्लब र सुदूरपश्चिम प्रदेशबी प्रतिस्पर्धा हुनेछ। यो खेलको विजेताले सेमिफाईनलमा कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको विजेताले ५ लाख नगद सहित ट्रफी पाउनेछ भने उपविजेताले दुई लाख पचास हजार नगद सहित ट्रफी मेडल पाउनेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पचास हजार, उत्कृष्ट गोलरक्षक १५ हजार, उत्कृष्ट रक्षक १५ हजार, उत्कृष्ट फरवार्ड १५ हजार, सर्वाधिक गोलकर्ता १५ हजार, उदयमान खेलाडी १५ हजार, फेयर प्ले टिमलाई १५ हजार पुरस्कार दिईनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद पाँच हजार सहित ट्रफी दिईने आयोजकले जनाएको छ। प्रतियोगितामा ७ वटा प्रदेशका टीमहरूको सहभागीता रहनेछ। प्रदेश फुटबल संघको सहकार्यमा प्रदेशको टिम अथवा प्रदेशको क्लबको सहभागीता प्रतियोगितामा रहनेछ । प्रतियोगिता फागुन १४ गतेसम्म सञ्चालन हुनेछ।

समृद्धिको आधार फुटबलको पूर्वाधार भन्ने मूल नाराका साथ सुदूरपश्चिम प्रदेशका राष्ट्रिय विभूतिको नाममा प्रतियोगिता सञ्चालन गरिएको आयोजक गौरीगंगा–११ स्पोर्टस क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए। गौरीगंगा–११ क्लबले आयोजना गरेको यो प्रतियोगिताको पाँचौँ संस्करण हो।

 


७ फागुन २०८१, बुधवार १९:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु