punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा भोलिदेखि ललितकला प्रदर्शनी सुरु हुँदै

Chaupati
safha napa

धनगढी। कैलालीको धनगढीमा भोलि (बिहीबार) देखि सुदूरपश्चिम ‘प्रादेशिक ललितकला प्रदर्शनी’ हुने भएको छ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा धनगढीमा प्रादेशिक ललितकला प्रदर्शनी हुने भएको हो।

प्रदर्शनी फागुन ८ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने बताइएको छ। प्रदर्शनीका लागि प्रदेशका डेढ सयभन्दा बढी कलाकारका कलाकृति दर्ता भएको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टरटीएन जोशीले बताए।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको कार्यालय हसनपुरमा हुने कार्यक्रममा चित्रकला, मूर्तीकला, लोककला र हस्तकलाको प्रदर्शनी हुने जनाइएको छ।

 


७ फागुन २०८१, बुधवार १९:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु