punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रकृति लम्सालको शव भैरहवा ल्याइयो

Chaupati
safha napa

भैरहवा । भारतको ओडिसा राज्यस्थित केआइआइटी विश्वविद्यालयमा अध्यरनत छात्रा प्रकृति लम्सालको शव भैरहवामा ल्याइएको छ। यही आइतबार विश्वविद्यालयको छात्रावासमा उनी मृत अवस्थामा फेला परेकी थिइन्।

मंगलबार पोष्टमार्टमपछि उनको शव परिवारको जिम्मा लगाइएको थियो। बुधबार विमानमार्फत ओडिसाको भुवनेश्वरबाट दिल्ली हुँदै गोरखपुरसम्म उनको शव ल्याइएको हो। त्यसपछि सडक मार्गबाट एम्बुलेन्समा बेलहिया नाका हुँदै उनको शव भैरहवा ल्याइएको प्रहरीले जनाएको छ। समाचार तयार पार्दासम्म लम्सालको शव भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज तथा शिक्षण अस्पतालमा राखिएको छ।

प्रकृतिका बुबा भारतबाट घर आउने क्रममा रहेकाले उनी आएपछि उनको निर्णयअनुसार शवको अन्त्येष्टि कहिले गर्ने भन्ने टुंगो लाग्ने बुझिएको छ।

ओडिसा राज्य सरकारले मंगलबार घटनाबारे छानबिन गर्न उच्चस्तरीय जाँचबुझ समिति गठन गरेको छ। भुवनेश्वर प्रहरीले घटनाको आरोपमा विश्वविद्यालयमा अध्यनरत छात्र एडविक श्रीवास्तवलाई पक्राउ गरेको छ। साथै, प्रहरीले अनुसन्धानका लागि विश्वविद्यालयका पाँच जना कर्मचारीलाई पक्राउ गरेपनि त्यहाँको अदालतले उनीहरूलाई पक्राउ परेको केही घण्टामै धरौटीमा रिहा गरेको छ। 


८ फागुन २०८१, बिहीवार ००:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु