कार्यसम्पादनमा मंगलसेन अछाममै ‘उत्कृष्ट’, दोस्रो चौरपाटी
अछाम । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा मंगलसेन नगरपालिका जिल्लामै उत्कृष्ट भएको छ । मंगलसेनले ६६.१ अंक प्राप्त गरेर कार्यसम्पादन मुल्यांकनमा जिल्लामा पहिलो स्थानीय तह बन्न सफल भएको हो ।
त्यस्तै चौरपाटी गाउँपालिका जिल्लाकै दोस्रो भएको छ । चौरपाटीले ५९.६ अंक प्राप्त गर्दै दोस्रो बनेको हो ।अछाम जिल्लाभर १० वटा स्थानीय तह रहेका छन् । पञ्चदेवल नगरपालिका ५८.३ अंकसहित तेस्रो, ५३.४ अंक ल्याएर साँफेबगर नगरपालिका चौथो बनेको छ ।
यस्तै ५२.२ अंक ल्याउँदै मेल्लेख गाउँपालिका पाँचौ, ५०.६ अंकसहित कमलबजार नगरपालिका छैटौँ, ५०.२ अंकसहित तुर्माखाँद गाउँपालिका सातौँ स्थानमा छन् ।
यसैगरी ५० अंकका साथ बान्नीगढी जयगढ गाउँपालिका आठौँ, ४९.९ अंकसहित रामारोशन गाउँपालिका नौँ र ४७.७ अंक ल्याउँदै ढकारी गाउँपालिका दशौँ स्थानमा रहेका छन् ।
आयोगले गत आर्थिक वर्षमा गाउँपालिकाले गरेका कार्य सम्पादनको नतिजा बुधबार सार्वजनिक गरेको हो ।
आर्थिक वर्षको राजस्व र आय–व्ययको अनुमान समयमा गाउँसभामा पेस गरे नगरेको देखि समयमा बजेट पास भए नभएको, स्थानीय तहले प्रदेश तथा सङ्घमा पठाउनुपर्ने राजस्व समयमा पठाए नपठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थाी भर्ना, चालु तथा पुँजीगत खर्चसम्मका विभिन्न १७ वटा सूचाङ्कमा मूल्याङ्कन हुने गर्दछ ।
२ फागुन २०८१, शुक्रवार १२:४२ बजे प्रकाशित













