कार्यसम्पादन मूल्यांकनमा देशभरका स्थानीय तहमा डडेल्धुराको अमरगढी पहिलो स्थानमा पर्न सफल

धनगढी । स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा ७५३  स्थानीय तहमा डडेल्धुराको अमरगढी नगरपालिका पहिलो स्थानमा पर्न सफल भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा देशभरका ७५३ वटा स्थानीय तह मध्ये डडेल्धुराको अमरगढी नगरपालिका पहिलो स्थानमा पर्न सफल भएको हो ।

स्थानीय तहको शिक्षा, स्वास्थ्य, आन्तरिक आय, पुँजीगत खर्चको अवस्था, कूल विनियोजन रकमको अवस्था, संकलित करबाट प्रदेश सञ्चित कोषमा जम्मा गर्नुपर्ने रकम जम्मा गरे नगरेको अवस्था, पूर्ण खोप कार्यान्वयन, गर्भवती महिलाको जाँचको अवस्था लगायतका सूचकहरुमा आयोगले मूल्यांकन गर्ने व्यवस्था छ।

यी सूचकहरुमा अमरगढी नगरपालिकाले ८१.७ अंक ल्याएर पहिलो स्थान पाएको आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।

यस्तै आयोगले सार्वजनिक गरेको उत्कृष्ट ५ स्थानीय तहमा अमरगढीसहित इलामको सूर्योदय नगरपालिका, अर्घाखाँचीको सन्धीखर्क नगरपालिका, स्याङ्जाको कालीगण्डकी गाउँपालिका र आँधीखोला गाउँपालिका रहेका छन्।

इलामको सूर्योदय नगरपालिकाले ८०.२ अंक ल्याएको छ भने अर्घाखाँचीको सन्धीखर्क नगरपालिकाले ८०.१, स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ७८.२, स्याङ्जाको आँधिखोला गाउँपालिकाले ७८ अंक ल्याएको छ।


२ फागुन २०८१, शुक्रवार ०९:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु