आमालाई रुडुकको साथ, स्वास्थ एवम् पोषणयुक्त सामाग्री सहयोग
धनगढी, साउन २४ । ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक)ले गरिबीको रेखा मुनि रहेका गर्भवती र सुत्केरी महिलाहरुलाई स्वास्थ्य सामाग्री एंव पोषणयुक्त खाद्य सामग्रीहरु उपलब्ध गराएको छ ।
रुडुककी संस्थापक अध्यक्ष एवम् सामाजिक अभियन्ता डा.आरजु राणा देउवाको उपस्तिथिमा महिलाहरुलाई स्वास्थ्य सामाग्री एंव पोषणयुक्त खाद्य सामग्रीहरु उपलब् गराइएकी हो ।
‘आमालाई रुडुकको साथ’ परियोजना अन्र्तगत अर्थिक अवस्था कमजोर भएका गर्भवती र सुत्केरी महिलाहरुलाई स्वास्थ्य सामाग्री एंव पोषणयुक्त खाद्य सामग्रीहरु उपलब्ध गराइएको रुडुककी संस्थापक अध्यक्ष एंव बरिष्ठ सामाजिक अभियन्ता राणा देउवाले बताइन ।
अति विपन्न गर्भवती, सुत्केरी महिला नवजात शिशुको स्वास्थ्य संवेदनशिलतालाई मध्येनजर गर्दे उनीहरुलाई पौष्टिक आहारको अभाव नहोस् भन्ने उद्देश्यले स्वास्थ्य एंव पोषणयुक्त खाद्य सामाग्री सहयोग गरिएको रुडुककी संस्थापक अध्यक्ष एंव बरिष्ठ सामाजिक अभियन्ता राणा देउवाले बताइन
धनगढी उप–महानगरपालिकाका ७० जना गर्भवती र सुत्केरी महिलाहरुलाई स्वास्थ्य सामाग्री तथा पोषणयुक्त खाद्य सामाग्री वितरण गरेको रुडुक कैलालीकी अध्यक्ष ममता शाहले बताइन् । यसका लागि जिल्ला स्थित सुरक्षित मातृत्व संजाल महासंघ नेपालका प्रदेश संयोजक राजेन्द्र रैकासंग समन्वयमा घरधुरी सर्वेक्षण गरेर आर्थिक अवस्था भएका महिलाहरुलाई राहत वितरण गरिएको उनले बताइन् ।
प्रत्येक गर्भवती महिलालाई ३० केजी मसिनो चामल,मसुरो दाल दुई केजी, दुई लिटर तेल, गेडागुडी दाल दुई केजी, आलु पाँच केजी, एक केजी नुन, अण्डा एक क्यारेट, चिनी दुई केजी, साबुन ६ पिस, साबुन स्टेण्ड एक, मच्छर क्वायल एक प्याकेट, तौलिया एक वटा, डिटोल एक बोतल, ब्रस दुई वटा, मन्जन दुई वटा, कपास एक रोल, सुपानेट झुल एक वटा, मास्क ३० पिस सेनिटर प्याड ६ प्याकेट लगायतका स्वास्थ्य तथा खाद्यन्न सामाग्री वितरण गरेको उनले बताइन् ।
२४ साउन २०७७, शनिवार ०४:११ बजे प्रकाशित































