गायक प्रेमराजा महत दम्पतिलाई कोरोना, सामाजिक सन्जालबाट दिए यस्तो सुझाव

काठमाण्डौं, साउन २४ । वरिष्ठ लोकगायक तथा अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महा-वाणिज्यदूत प्रेमराजा महत दम्पतिलाई कोरोन संक्रमण भएको छ ।

महतकी श्रीमती कविता केसी महतलाई पनि कोरोना सङ्क्रमण भएको छ ।

लोकगायक महतले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै सङ्क्रमित भएको जानकारी दिएका हुन् । उनले आफ्नै घरको आइसोलेशनमा बसेको पनि जानकारी दिएका छन्।

कोरोना सङ्क्रमणबाट जोगिन समयमै सतर्कता अपनाउन र यदी  भइहाल्यो भने पनि गोप्य नराखी सबैलाई जानकारी दिन महतले आह्वान गरेका छन् ।


२४ साउन २०७७, शनिवार ०३:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु