punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली उद्योग वाणिज्य संघले गर्‍यो खो खो खेलका खेलाडीलाई सम्मान

Chaupati
safha napa

धनगढी। कैलाली उद्योग वाणिज्य संघले खो–खो खेलको विश्व उपविजेता नेपाली खेलाडीहरूलाई सम्मान गरेको छ ।

एक कार्यक्रमकाबीच कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले सोमबार धनगढीमा खेलाडीहरुलाई सम्मान गरेका हुन् । प्रतियोगिताका खेलाडीहरूलाई प्रमाणपत्र र नगद २५ हजारसहित सम्मान गरेको कैलाली उद्योग वाणिज्य संघका सचिव सुरेशराज पाण्डेले जानकारी दिए । भारतको राजधानी नयाँ दिल्लीमा जनवरी १३ देखी १९ तारिकसम्म भएको खो खो खेलमा नेपाली टिमका महिला तथा पुरुष खेलाडीहरू उपविजेता भएका थिए । सो खेलमा भारत महिला तथा पुरुषतर्फ विजेता बनेको थियो भने पुरुषतर्फ इरान, महिलातर्फ युगान्डा र साउथ अफ्रिका तेस्रो भएका थिए । सो प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १९ देशको सहभागिता रहेको थियो ।

नेपालमा १९९० पछि खो–खो खेल खेल्न सुरू भएको हो ।


२१ माघ २०८१, सोमवार १७:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु