punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती नदी–६ जलविद्युत् आयोजनाको भौगर्भिक अध्ययनको काम सुरु

Chaupati
safha napa

धनगढी। सेती नदी–६ जलविद्युत् आयोजनाको भौगर्भिक अध्ययनको काम सुरु भएको छ।

डोटीको बोगटान–फुड्सिल गाउँपालिका क्षेत्रमा सेती नदीबाट चार सय ५० मेगावाट विद्युत् उत्पादनका लागि भौगर्भिक अध्ययनको काम थालिएको हो।

बोगटान–फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले आइतवार ड्रिलिङ्गको उद्घाटन गरेका हुन। पश्चिम सेती र सेती नदी–६ जलविद्युत् आयोजना भारतीय कम्पनीले निर्माण गर्दै छ। लगानी बोर्ड नेपालले भारतको एनएचपिसी लिमिटेडसँग जलविद्युत् आयोजनाहरू निर्माणका लागि सम्झौता गरेको छ।

जलाशययुक्त आयोजनाको ड्याम र पावर हाउस निर्माण क्षेत्रमा आइतवारदेखि जमिनको अवस्थाको बारेमा अध्ययन गर्न थालिएको हो। भारतीय कम्पनीले चार महिना भित्रमा भौगर्भिक अध्ययनको काम पूरा गर्ने बताएको छ। भारतीय कम्पनीका इन्जिनीयरहरू सुरेश मिना र प्रमोद कौशिक लगायतको टोली आयोजना निर्माण स्थलमा खटिएका छन्। ड्रिलिङ्ग बहुउद्‍देश्यीय आयोजना निर्माण हुनु अघि गरिने भौगर्भिक अध्ययनका लागि महत्त्वपूर्ण मानिन्छ। ड्रिलिङ्ग गरी जमिनको विभिन्न गहिराइमा रहेको चट्टानको अध्ययनबाट त्यहाँको भूबनोट र संरचना निर्माणको उपयुक्तताका बारेमा जाँच गरिन्छ।

बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले सेती नदी–६ जलविद्युत् आयोजनाको काम पूरा भएमा देशलाई ठुलो फाइदा हुने बताए। आयोजनाले सबैभन्दा बढी बोगटान फुड्सिल गाउँपालिकालाई फाइदा हुने अध्यक्ष गड्सिलाले बताएका छनु।

प्रदेश सरकारको सहयोगमा निर्माण स्थलसम्म पुग्ने १५ किलोमिटर सडक निर्माण गरिसकेको छ।

२०७९ भदौ २ गते एनएचपिसी कम्पनी र नेपालको लगानी बोर्डबिच यो आयोजना निर्माणको समझदारी भएको थियो। सेती नदी–६ जलाशययुक्त आयोजना डोटी र अछाममा पर्दछ।


२१ माघ २०८१, सोमवार १७:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु