अवतरण गर्दा दुई टुक्रा भयो विमान, मृतकको संख्या २० पुग्यो

नयाँ दिल्ली
भारतको केरलामा भएको एयर इन्डियाको विमान दुर्घटनामा ज्यान गुुुमदुर्घओ संख्या २ट पुगेको छ ।

दुर्घटनामा दुई पाइलटसहित २० जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार १९० जना यात्रु रहेको एयर इन्डिया एक्स्प्रेसको जहाज कोझिकोड विमानस्थलमा शुक्रबार दुर्घटना भएको हो ।

बोइङ ७३७ जेट विमान दुबईबाट कोरोनाका कारण त्यहाँ फसेका नागरिकलाई लिएर फर्किएको थियो।

शुक्रबार बेलुकी करिब ७: ४० बजे विमान अवतरणका क्रममा दुर्घटना भएको थियो। अवतरणका क्रममा अगाडिको भाग जमिनमा पहिले ठोक्किएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

नागरिक उड्ययन प्राधिकरण प्रमुख अरुण कुमारका अनुसार विमान तीव्र गतिमा अवतरण गर्दा दुर्घटना हुन पुगेको हो।


२४ साउन २०७७, शनिवार ०१:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु