एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटना : चालकदलका २ सदस्य सहित ११ जनाको मृत्यु
नयाँ दिल्ली । दुबई बाट १९१ यात्रु बोकेर भारतको केरलाका लागि उडेको एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटना हुंदा ११ जनाको मृत्यु भएको छ । भारतको दक्षिणी राज्य केरलाको कोझिकोड कालीकट बिमानस्थलको रनवेमा बिमान चिप्लिएर दुर्घटना हुदा ११ जनाको मृत्यु भएको हो ।
उक्त विमान दुर्घटनामा चालक दलका २ सदस्यसहित ११ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । विमानमा १० बच्चासहित १७४ यात्रु र ७ चालक दलका सदस्यहरु रहेका थिए ।
शुक्रबार ७ बजेर ४१ मिनेटमा IX-१३४४ कलसाइन भएको विमान दुर्घटनापछि दुई टुक्रा भएको छ । विमानमा धेरै घाइते भएको एयर इण्डिया एक्सप्रेसका प्रवक्ताले जनाएका छन् ।
घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल लैजानेक्रम जारी रहेको छ तर कति मानिस हताहत भए भन्ने स्पष्ट भइसकेको छैन ।
दु्र्घटनाप्रति भारतीय रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह, विपक्षी दलका नेता राहुल गान्धीलगायतले दुख व्यक्त गरेका छन् ।
२३ साउन २०७७, शुक्रवार १८:१३ बजे प्रकाशित













