तराईमा हुस्सु, कुन प्रदेशमा कस्तो रहला मौसम ?   

काठमाडौं । आज बिहान तराईका धेरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ । देशका केही प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली  हुनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

अन्य प्रदेशहरू मधेश, बागमती, लुम्बिनीमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहान देशका तराई तथा उपत्यकामा हुस्सु तथा कुहिरो लागेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुँदा  सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 


१९ माघ २०८१, शनिवार ०७:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु