एसिसी यु–१९ एसिया कप खेल्न युएई जाने टोलीलाई बिदाइ
काठमाडौं। एसिसी यु–१९ एसिया कपका खेल्न युएई जाने नेपाली टोलीलाई बिदाइ
गरिएको छ ।
नेपाल क्रिकेट संघ ९क्यान०ले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली टोलीलाई बिदाइ गरेको हो । एसिसी यु–१९ एसिया क शुक्रबारदेखि सुरु हुने छ । क्यानले हेमन्त धामीको कप्तानीमा अन्तिम टोली घोषणा गरिसकेको छ ।
एसिया कप मंसिर १४ देखि २३ गतेसम्म युएईमा हुँदैछ । नेपाल रहेको समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । नेपालले मंसिर १४ गते श्रीलंकासँगै खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ भने मंसिर १६ मा बंगलादेश र १८ गते अफगानिस्तानसँग खेल्नेछ ।रहेको समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । नेपालले मंसिर १४ गते श्रीलंकासँगै खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ भने मंसिर १६ मा बंगलादेश र १८ गते अफगानिस्तानसँग खेल्नेछ ।
११ मंसिर २०८१, मंगलवार १५:१३ बजे प्रकाशित













