सर्वोच्च अदालतको बोर्डमा कालो रंग छ्याप्ने विनु यादव पक्राउ

काठमाडौं। सर्वोच्च अदालतको बोर्डमा कालो रंग छ्यापेकी विनु यादव पक्राउ परेकी छिन् । मंगलबार बिहान सर्वोच्च अदालतको गेटमा रहेको बोर्डमा कालो रंग छ्यापेकी यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

कालो साडीमा आएकी विनुले बोतलमा ल्याएको कालो रंग सर्वोच्च अदालतको बोर्डमा छ्यापेकी थिइन् । सिरहाको यादवले श्रीमान्‌बाट घरेलु हिंसामा परेको बताउँदै आएकी छिन् ।

यादवले श्रीमान्‌बाट आफू हिंसामा परे पनि न्याय नपाएको भन्दै दुई वर्षयता आन्दोलन गर्दै आएकी छिन् । यादवको मुद्दा पाटन उच्च अदालतमा विचाराधीन छ ।

 


११ मंसिर २०८१, मंगलवार १२:०८ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु