पहिरोले भिमदत्त राजमार्ग अवरुद्ध
डडेल्धुरा । सुदूरपश्चिमका साता पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग पहिरोले अवरुद्ध भएको छ ।
लगातारको वर्षाका कारण डोटीको जोरायल गाउँपालिका–१ गैरा र मेल खर्कमा पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको हो ।
सडक माथिबाट आएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । राजमार्ग अवरुद्ध भएपछि तराईबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर गइरहेका दजर्नौं सवारी साधन बीच बाटोमै रोकिएका छन् । अहिले डोजरले पहिरो पन्छाउने काम गरिरहेको बताईएको छ ।
१० असोज २०८१, बिहीवार ११:१३ बजे प्रकाशित













