सुन प्रतितोला एक लाखलाई २ सय कम
काठमाडौं,साउन २०। सुनको मूल्य फेरि बढेको छ। सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार (आज) प्रतितोला २ सय रुपैयाँले बढेको छ। प्रतितोला २ सय रुपैयाँले बढेसँगै बजारमा एक तोला सुनको मूल्य अब एक लाखलाई २ सय कम पर्ने छ।
सोमबार प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबारका लागि ९९ हजार ८ सय रुपैयाँ तोकिएको छ।
यसैगरी मंगलबार चाँदीकाे मूल्य भने स्थिर रहेको छ, चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ३० रुपैयाँ तोकिएको छ।
२० साउन २०७७, मंगलवार ०६:२१ बजे प्रकाशित































