punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पार्टीभित्र मेरो हैसियतबारे जानकार छु , प्रधानमन्त्रीको लाइनमा छैन : परराष्ट्रमन्त्री राणा

Chaupati
safha napa

नेपाली कांग्रेस नेता तथा परराष्ट्रमन्त्री आरजु राणा देउवाले दुई ठूला दल मिलेर सरकार बन्नु अनौठो नभएको बताएकी छन् ।
आज बिहिवार धनगढीस्थित आफ्नै निवासमा पत्रकारसंग कुरा गर्दै मन्त्री राणाले भनिन्, ‘देश समस्यामा परेको समयमा ठूला दलकै सरकार बनेको छ । सरकार अस्थिर हुँदा विकासको गति र समृद्धिको चाहना पूरा नभएकोले अहिलेको सरकार बनेको हो । स्थिर सरकारकै लागि हामी मिलेका हौँ ।’

दुई ठूला पार्टी मिलेर वर्षौंदेखि थाँती रहेको टीआरसी अघि बढेको उनले बताइन् ।
अन्तर्राष्ट्रिय समुदाय नेपाललाई सहयोग गर्न सकारात्मक रहेको र नेपालप्रति राम्रो धारणा रहेको बताउँदै उनले संविधान संशोधन गर्नु पनि अहिलेको सरकारको उद्धेश्य रहेको बताइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले महिलालाई प्रधानमन्त्री बनाउन चाहन्छु भनेकाले धेरैले तपाईं बन्नुहुन्छ भनेर अनुमान गरेका छन् नी भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भनिन्, ‘बाहिर मेरोबारे जेजस्तो भए पनि पार्टीभित्र मेरो हैसियत के छ भन्नेबारे म जानकार छु । प्रधानमन्त्रीज्यूले आफ्नै पार्टीका महिलालाई प्रधानमन्त्री बनाउने कुरा गर्नुभाको होला ।’

उनले कांग्रेस पार्टीमा थुप्रै नेता प्रधानमन्त्रीका लागि योग्य भएकाले आफू त्यसको लाइनमा नभएको बताइन् ।


१३ भदौ २०८१, बिहीवार ११:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु