punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण माग

Chaupati
safha napa

काठमाडौँ, भदौ १३ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।

मन्त्रालयले सबै जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै भदौ १६ गतेभित्र विवरण उपलब्ध गराउन आग्रह गरेको हो ।

जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष एवं गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा त्यस्तो पदमा बाँकी पदावधिका लागि उपनिर्वाचन गर्ने प्रयोजनका लागि निर्वाचन आयोगबाट सोको विवरण माग भएको मन्त्रालयले परिपत्रमा उल्लेख गरेको छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ (२) बमोजिम निर्वाचन आयोगले उपनिर्वाचनको तयारी गरिरहेको छ । आयोगले यही भदौ ५ गते मन्त्रालयलाई पत्र पठाउँदै उपनिर्वाचन गर्नुपर्ने स्थानीय तहको विवरण माग गरेको थियो ।


१३ भदौ २०८१, बिहीवार ०७:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु