punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माओवादीको पदाधिकारी बैठक आज पनि बस्ने,पार्टीको विषयमा गम्भीर समीक्षा हुँदै

Chaupati
safha napa

सरकारबाट बाहिरिएपछिको अवस्थाका बारेमा छलफल गर्न र आगामी कार्यक्रम निर्धारण गर्ने लक्ष्यका साथ प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको बैठक आज पनि बस्नेछ। बैठक शुक्रबारबाट सुरु भएको हो।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारबाट बाहिरिएको अवस्था र पार्टीको नयाँ कार्यक्रम तय गर्ने विषयमा छलफल भएको थियो।

सो पार्टीको पदाधिकारीको बैठकमा १६ देखि २५ वर्षको जनसंख्या झन्डै ६१ लाखलाई जनयुद्ध, गणतन्त्रलगायत परिवर्तनका विषयलाई केन्द्रका राखेर संगठन निर्माण र जनपरिचालन गर्ने विषयमा छलफल भएको छ।

पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाका अनुसार शनिवारको बैठकमा उपाध्यक्ष पम्फा भुसाल र उपमहासचिव शक्ति बस्नेतले आफ्नो धारणा राखेका थिए ।

उनीहरूले मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी निर्माण, सङ्गठन र जनपरिचालनलगायतका विषयमा आफ्नो धारणा राखेका थिए । विज्ञान, प्रविधिको विकास र पछिल्लो पुस्तालाई समेत केन्द्रका राखेर सङ्गठन निर्माण, पार्टीका कार्यक्रम तय गर्नुपर्नेमा बैठकमा नेताहरूले जोड दिएका थिए ।

पदाधिकारीको बैठकपछि पार्टीको स्थायी समिति बैठक बस्ने र लगत्तै केन्द्रीय समितिको बैठकसमेत तय गरेर आगामी दिनको कार्यक्रम तय गर्ने प्रवक्ता सापकोटाको भनाइ छ ।

 

 


१३ साउन २०८१, आइतवार ०७:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु