घरायसी विवादमा बुहारीले लगाइन् गोठमा आगो

दाङ । बङलाचुली गाउँपालिका–५ साकिने बस्ने ७३ वर्षीय ओबिराम घर्तीको गोठमा आगजनी गरेको अभियोगमा निजकै बुहारी २६ वर्षीया खेमा घर्तीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको कारण शुक्रबार राति खेमाले सलाईको काँटी सल्काई उक्त गोठको छानामा फालेपछि आगलागी भएको हो । आगलागीबाट गोठ पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगजानीको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

आगलागीबाट ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


१६ असार २०८१, आइतवार १६:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु