punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोनाका संक्रमणबाट पछिल्लो २४ घन्टामा सबैभन्दा बढी मृत्यु भारतमा

Chaupati
safha napa

धनगढी, साउन १३ । कोरोनाका कारण पछिल्लो २४ घण्टामा सबैभन्दा बढी मृत्यु भारतमा भएको छ।

अमेरिका, ब्राजिल, बेलायत लगायतका देशमा भन्दा भारतमा धेरैले ज्यान गुमाएका वल्र्डओमिटरमा उल्लेख छ।

पछिल्लो २४ घण्टामा विश्वर तीन हजार नौ सय ८२ जनाको कारोना संक्रमणको कारण ज्यान गएको छ। जसमा भारतमा सबैभन्दा धेरै ६ सय ३६ जना छन्।

यसबीचमा ब्राजिलमा ६ सय २७, अमेरिकामा पाँच सय ७०, मेक्सिकोमा तीन सय ६, दक्षिण अफ्रिकामा दुई सय ९८, इरानमा दुई सय १२, कोलम्बियामा दुई सय ५२, अर्जेन्टिनामा एक सय २० जनाले कोरोनाको कारण ज्यान गुमाएका छन्।

गएको २४ घण्टामा विश्वभर दुई लाख ११ हजार पाँच सय ८८ जनामा संक्रमण देखिएको छ।
यस बीचमा सबैभन्दा बढी अमेरिकामा ६० हजार भन्दा धेरै, भारतमा ४६ हजार भन्दा धेरै, ब्राजिलमा २३ हजार भन्दा धेरैमा संक्रमण देखिएको छ।

अहिलेसम्म विश्वभर ६ लाख ५५ हजार आठ सय ६५ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाइसकेका छन्। संक्रमितको संख्या एक करोड ६६ लाख २९ हजार दुई सय १२ पुगेको छ। यो मंगलबार बिहान ६ बजेसम्मको तथ्यांक हो।

अहिलेसम्म विश्वभर एक करोड २१ लाख ७३ हजार ११ जना संक्रमित उपचारपछि निको भएका छन्।

 


१३ साउन २०७७, मंगलवार ०१:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु