punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

Chaupati
safha napa

धनगढी । कैलालीको धनगढीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–१४ डी गाँउमा से ५ प ६१६० नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ७४ वर्षीय पैदलयात्री चित्रबहादुर सुनारको आइतवार मृत्यु भएको हो।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका सुनारलाई उपचारको लागि निसर्ग अस्पताल धनगढी लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

मोटरसाइकल र मोटरसाइकल चालक कैलारी गाउँपालिका–८ का ५४ वर्षीय सुरेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


३ असार २०८१, सोमवार ०८:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु