वडाध्यक्षमाथि कुटपिट : वडा कार्यालय अनिश्चितकालका लागि बन्द
कञ्चनपुर, साउन १२ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका वडा नं. ८ का वडाध्यक्षमामाथि कुटपिट हुँदा वडा कार्यालय अनिश्चित कालका लागि बन्द गरिएको छ ।
वडा अध्यक्ष बहादुरसिँह महरामाथि आइतबार विहान करिब साढे १० बजेको समयमा आक्रमण भएको थियो । सोहि वडाका स्थानीय तथा नेपाल तरुण दल शुक्लाफाँटा नगरपालिका वडा नं. ८ का सभापती नारद सिँह ठगुन्नाको नेतृत्वमा आएको समुहले वडा अध्यक्ष महरामाथी आक्रमण गरेका थिए ।
सोही क्रममा वडा अध्यक्षलाई सामान्य चोटपटक लागेको बताएका छन ।दोषीमाथि कानुन बमोजिम कारवाही तथा शान्ति सुरक्षाको पूर्ण रुपमा ग्यारेन्टी नभएसम्मको लागि वडा कार्यालय पूर्ण रुपमा बन्द हुने एक सूचना प्रकाशित गरेको छ ।
यस अवधिमा सेवाग्राहीमा पर्न जाने असुविधाप्रति वडा कार्यालयले क्षमा मागेको छ । घटनामा संग्लन ६ जनालाई भने प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
१२ साउन २०७७, सोमवार ०४:१२ बजे प्रकाशित






























