प्रदेश सरकारको नीति तथा कार्यक्रमप्रति एमालेको समर्थन

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम सकारात्मक रहेको धारणा सार्वजनिक गरेको छ ।

संसदीय दलले आज धनगढीमा पत्रकार सम्मेलन गरी प्रदेश सरकारले आगामी आवका लागि ल्याएको नीति तथा कार्यक्रम विगतका वर्षको तुलनामा सकारात्मक धारणा सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै संसदीय दलका नेता राजेन्द्रसिंह रावलले नीति तथा कार्यक्रम जनताको जीवनस्तरसँग जोडिएर आएको बताउनुभयो ।

“यो विगतका वर्षको तुलनामा प्रगतिशील छ । सिद्धान्त र प्राथमिताका आधारमा नीति तथा कार्यक्रम आएको छ । यही कार्यक्रमका आधारमा भोलिको बजेट अगाडि बढ्नेछ”, उहाँले भन्नुभयो । हिजोका दिनमा नीति तथा कार्यक्रम मुख्यमन्त्री केन्द्रित भएर आउने गरेकामा यसपटक फरक तरिकाले आएको भन्दै रावलले स्वागत गर्नुभयो ।

आइतबार सुदूरपश्चिम प्रदेशसभामा प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।


२१ जेठ २०८१, सोमवार १६:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु