काठमाडौंको थलीमा एक युवक मृत भेटिए, हत्याको आशंका
काठमाडौँ । काठमाडौँको थलीमा एक युवक मृत फेला परेका छन् ।
भक्तपुरको छालिङ्ग ठेगाना भएका कृष्ण नगरकोटी मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँको एकजना अधिकृतले बताए ।
शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । थलीबाट साँखुतर्फ जाने उकालोमा बिहान करिब साढे ५ बजेतिर उनी मृत भेटिएका हुन् ।
घटनास्थलमा फेला परेको सवारी चालक अनुमति पत्रको आधारमा शव पहिचान गरिएको प्रहरीले जनाएको छ ।
उनको घाँटीमा चोट देखिएकाले हत्या गरिएको आशंका गरिएको छ ।
८ जेठ २०८१, मंगलवार १०:१३ बजे प्रकाशित













