punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीबाट जबरजस्ती करणी र वन मुद्दाका फरार प्रतिवादी पक्राउ

Chaupati
safha napa

धनगढी । कैलालीबाट जबरजस्ती करणी र वन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

वन मुद्दामा १३ हजार ७२० जरिवाना ठहर भएका गौरीगंगा नगरपालिका–८ बस्ने २४ वर्षीय सुरेन्द्र कठायत र जबरजस्ती करणी मुद्दामा २० दिन कैद सजाय र १५ हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–१५ बस्ने २७ वर्षीय सुशिल राना पक्राउ परेका हुन्।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद तथा जरिवाना ठहर भई फरार रहेका दुबै जनालाई सोमवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।


८ जेठ २०८१, मंगलवार ०९:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु