punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीको लम्की चौराहमा दिनदाहडै एक युवकमाथि खुकुरी प्रहार

Chaupati
safha napa

लम्की, साउन ९ । कैलालीको लम्की चौराहमा एक युवकमाथि दिनदहाडै खुकुरी प्रहार भएको छ । लम्कीचौराहा नजिकै रहेको लम्की सार्वजनिक सौचालय अगाडिको एक सैलुनमा कपाल काटेर बाहिर निस्कने वितिकै एक समूहले लम्कीचुहा नगरपालिका वडा नम्बर १ का २८ वर्षीय रमेशबहादुर शाहीमाथि खुकुरी प्रहार गरेको जनाइएको छ ।

खुकुरी प्रहारबाट शाहीको दुबै काधको दायाँबायाँ गम्भीर घाउ लागेको छ भने शरीका अन्य भागमा समेत खुकुरीले काटेको छ । करीब ७÷८ जनाको समूहमा आएका आक्रमणकारीहरुले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

अहिले घाइते शाहीको लालरत्न अस्पतालमा उपचार भइरहेको छ । ईलाका प्रहरी कार्यालय लम्कीले घटनाबारे बुझिरहेको जनाएको छ ।


९ साउन २०७७, शुक्रवार १०:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु