दुई ट्याक्टरसहित १६ लाख बराबरको भन्सार छलीको सामान बरामद

कञ्चनपुर । कञ्चनपुर प्रहरीले दुई ट्याक्टरसहित १६ लाख रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको छ ।

प्रहरीले मंगलबार र बुधबार गरेर १५ लाख ९७ हजार मूल्यको भन्सार छलेर ल्याएको नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले टोलीले मंगलबार बेलौरी नगरपालिका–८ बाट १४ लाख ६२ हजार मुल्यको भन्सार छलीको सामान बरामद गरेको छ भने अस्थायी प्रहरी पोष्ट सुकासालबाट खटिएको प्रहरी टोलीले ५४ हजार ७३० मुल्यको अबैध सामान बरामद गरेको छ ।

त्यस्तै अस्थायी प्रहरी पोष्ट मझगाउँबाट खटिएको प्रहरी टोलीले १० हजार र बुधबार इलाका प्रहरी कार्यालय गड्डाचोकीबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–११ बाट ७१ हजार दुई सय मुल्यको अबैध सामान बरामद गरेको हो ।

त्यसक्रममा प्रहरीले सामान ल्याउन प्रयोग गरिएका दुई वटा ट्याक्टरसहित एक थान साइकल, गहुँ, डिउ, चिनी, सुट, कुर्ती, लेडिज टि–सर्ट, धोती, मिश्री, तेल, प्याज, बिडी, सुर्ती, बिस्कुट, जिरा, गम्छा लगायतका सामान नियन्त्रणमा लिएको छ ।

बरामद सामान प्रहरीले भन्सार कार्यालय पठाएको जनाएको छ ।


१२ वैशाख २०८१, बुधवार १७:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु