बझाङमा उम्मेदवार नै पितृ शोकमा, प्रचारप्रसार पनि गर्न पाएनन्

धनगढी । बझाङमा उपनिर्वाचनको मिति मुखैमा आएका बेला उम्मेदवार नै शोकमा परेका छन् ।

मौन अवधिको पूर्वसन्ध्यामा दलहरु माहोल आफ्नो तर्फ तानिरहेका बेला एमाले जिल्ला अध्यक्ष समेत रहेका उम्मेदवार दमन भण्डारी किरियामा हुन् ।

मंगलबार ८८ वर्षको उमेरमा बुबा चक्रबहादुर भण्डारीको मृत्यु भएपछि अहिले भण्डारी आफ्नो पुर्ख्यौली घर छबिस पाथिभेरा गाउँपालिका–१, भण्डारी गाउँमा किरियामा छन् ।

उनीसँगै उनका दाजु र भाइ पनि क्रियाक्रममै छन् । केही दिन अघि मात्रै बुबा गुमाएका उनले राम्रो प्रसारप्रसार पनि गर्न पाएनन् ।

२०५४ सालमा मटेला गाविस अध्यक्षमा निर्वाचित भएयता कुनै पनि निर्वाचनमा भाग नलिएका उनी पहिलो पटक उम्मेदवार बनेका थिए ।

यसपटक उम्मेदवार भएर जनताको माया पाएर निर्वाचित हुने आशा राखेका उनले आशा राखेका उनी चुनावको मुखमै बुबा गुमाएपछि पीडामा छन् ।

बुवा गुमाएपछि किरियामा रहेँदा उनलाई घरमै भेट्न आउनेहरूले सान्त्वना दिइरहेका छन् । त्यसक्रममा उनले मत माग्न समेत जान नपाएकोमा दुखी छन् ।


१२ वैशाख २०८१, बुधवार २०:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु