punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गेटा अस्पताल आजदेखि सञ्चालन

Chaupati
safha napa

धनगढी । कैलालीको गेटा अस्पताल आज (बुधवार) देखि सञ्चालन हुने भएको छ । मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठानपछि विश्वविद्यालय घोषणा गरिएको गेटामा आजदेखि १ सय शय्या क्षमताको अस्पताल सञ्चालन हुन लागेको हो ।

अस्पताल प्रशासनद्वारा हिजो गेटामा आयोजित पत्रकार सम्मेलन मार्फत अस्पताल आजदेखी सञ्चालनमा आउने जानकारी दिइएको हो ।

अस्पताल सञ्चालनका लागि सहायक स्तर र श्रेणीविहीन गरेर १ सय १० जना र नेपाल सरकार मन्त्रिपरिषद्को यही असोज १६ गतेको निर्णयअनुसार राजपत्राङ्कित तथा अधिकृतस्तर ३१ जनाको अस्थायी दरबन्दी संरचना स्वीकृत भएको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेटमा गेटालाई १ सय शय्या क्षमताको अस्पतालको रूपमा विकास गर्न पूर्वाधार निर्माण, उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि बजेट व्यवस्थापन गरिएको थियो ।

साथै गएको भदौ १३ गतेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवस्तरको निर्णयअनुसार वार्षिक विकास कार्यक्रम स्वीकृत भई प्राप्त भएको एवम् चालु आर्थिक वर्षको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन गेटा अस्पताललाई प्राप्त भएपछि आजदेखि अस्पताल सञ्चालनमा आउने अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले बताए ।

अस्पतालमा ओपीडी सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले भदौ २१ गते अनुमति दिएको थियो । सेती प्रादेशिक अस्पतालकै सेवा शुल्क लिने गरी गेटामा अस्पताल सञ्चालन हुन लागेको डाक्टर जोशीले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

आजदेखि गेटा अस्पतालबाट जनरल ओपीडी, हाडजोर्नी तथा नसा रोग, स्त्री सेवा, जनरल सर्जरी, अल्ट्रासाउन्ड, एक्स–रे, प्रयोगशाला र फार्मेसी सञ्चालनमा आउने जनाइएको छ । साथै एमसीएच क्लिनिक सेवा कात्तिकभित्र, खोप सेवा विस्तार र अन्तरङ्ग सेवा मङ्सिरभित्र, इमरजेन्सी सेवा र प्रसूति सेवा पुस महिनाभित्र, शल्यक्रिया सेवा चैत महिनाभित्र, आईसीयू तथा एनआईसीयू सेवा आउँदो वैशाखभित्र सञ्चालनमा ल्याउने तयारी रहेको छ ।

सेती प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दो  छ । त्यहाँ  उपचार पाउनबाट वञ्चित बिरामीले अब गेटा अस्पतालबाट सहजै सेवा पाउने भएका छन् । गेटा अस्पतालमा क्रमिक रूपमा शय्या सङ्ख्यासँगै जनशक्ति र औषधि लगायतको प्रबन्ध गर्ने गरी काम अघि बढाइएको अस्पतालका निर्देशक डाक्टर जोशीले बताए ।


१ कात्तिक २०८०, बुधवार ०७:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु